काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा शुक्रबार बिहान साढे ११ बजे बस्नेछ ।
बैठकको सुरुवातमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । बिहीबारको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए ।
२९ साउन २०८३, शुक्रबार ११:३७ मा प्रकाशित