सुनको मूल्य प्रतितोला ५ सयले घट्यो, चाँदी महँगियो

nepaltext.com

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो। यससँगै आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार प्रतितोला सुन ३ लाख १५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदीको मूल्यमा भने आज प्रतितोला १५ रुपैयाँको वृद्धि भएको छ। महासङ्घले आजका लागि चाँदीको मूल्य ५ हजार ७४० रुपैयाँ तोकेको छ, जबकि बिहीबार यसको मूल्य ५ हजार ७२५ रुपैयाँ निर्धारण गरिएको थियो। यस साता सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। गत बुधबार छापावाल सुन ३ लाख १४ हजार ९०० र सोमबार ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य सोमबार ५ हजार ५९५ र बुधबार ५ हजार ५८५ रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा नयाँ रेकर्डहरू कायम भइरहेका छन्। पछिल्लो सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुनको मूल्य ५ हजार १८७ अमेरिकी डलर पुगेको छ। त्यसैगरी, सोही परिमाणको चाँदीको मूल्य ९० अमेरिकी डलरमा कारोबार भइ

प्रतिक्रिया