राप्रपा मकवानपुर–१ अधिवेशन : अध्यक्षमा उमेश थापाको दाबी

nepaltext.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयन चर्चाको केन्द्र बनेको छ। भदौ २१ गते हुने अधिवेशनमा हेटौंडा–४ निवासी उमेश थापा अध्यक्ष पदका दावेदारका रूपमा अगाडि आएका छन्।

दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय थापा हाल बागमती प्रदेश सभामुखको स्वकीय सचिवका रूपमा कार्यरत छन्। राजनीतिसँगै उनी खेलकुद प्रवद्र्धन, विपन्न समुदायलाई सहयोग तथा विभिन्न सामाजिक संघ–संस्थामा संलग्न हुँदै आएका छन्।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थापा स्थानीय स्तरमा परिचित राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले युवालाई सक्रिय रूपमा संगठनमा जोडेर राप्रपालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

स्थानीय राजनीतिक वृत्तमा थापाको उम्मेदवारीबारे चासो बढेको छ। अधिवेशनपछि राप्रपाको नेतृत्व संरचना स्पष्ट हुने अपेक्षा गरिएको छ। यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दिपक बहादुर सिंह विजयी भएका थिए। आगामी २०८४ को निर्वाचनमा समेत थापाको नाम उम्मेदवारको सूचीमा पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया