फागुन २१ को चुनावमा दुई तिहाइ लक्ष्यसहित रास्वपा संगठन विस्तारमा

nepaltext.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उपसभापति डीपी अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गर्ने लक्ष्यसहित पार्टीलाई संगठित र प्रभावकारी रूपमा मैदानमा उतार्न यो समिति बनाइएको हो । समितिको सदस्य सचिवमा शंकर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । पार्टीले सातै प्रदेशमा समेत संयोजक तोक्दै प्रदेशस्तरीय संरचना सक्रिय बनाएको जनाएको छ । निर्वाचन अभियानलाई थप व्यवस्थित, समन्वित र प्रभावकारी बनाउनका लागि तीन वटा विशेष उपसमिति पनि गठन गरिएको र तिनले प्रचार, संगठन र व्यवस्थापनसम्बन्धी कामलाई तीव्रता दिने रास्वपाले जानकारी दिएको छ ।

प्रतिक्रिया