एमाले नयाँ नेतृत्वका लागि आज साँझ ७ बजेबाट मतदान, भोलि बिहान १ बजेसम्म चल्ने

nepaltext.com

१ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेबाट मतदान सुरु हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेबाट मतदान प्रक्रिया सुरु हुने जानकारी दिएको हो। आयोगका अनुसार मतदान भोलि पुस २ गते बिहान १ बजेसम्म चल्नेछ।

यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर, निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदान समय साँझका लागि सारिएको हो। पार्टी नेतृत्वले आजै मतदान सम्पन्न गरी रातभरमै निर्वाचनसम्बन्धी सबै प्रक्रिया टुंग्याउने तयारी गरेको छ।

स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डप बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ। सोही कारण आजै मतदान सक्ने गरी पार्टी तयारीमा जुटेको उनले बताए।

प्रतिक्रिया