कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र श्यामकुमार खड्काको अध्यक्षतामा

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज भृकुटीमण्डपमा सुरु हुन लागेको बन्दसत्रको अध्यक्षता ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले गर्ने भएका छन्। प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार केही बेरमा सुरु हुने बन्दसत्रमा महामन्त्रीहरूले दुई वटा प्रस्ताव पेस गर्नेछन्। ती प्रस्ताव तथा प्रतिवेदनमा समसामयिक राजनीतिक अवस्थाको समीक्षा, विधान परिमार्जन र पार्टी संरचनागत सुधारका विषयमा महाधिवेशनले छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको छ। यसका लागि सहभागी प्रतिनिधिहरूलाई नौ वटा समूहमा विभाजन गरी गहिरो छलफल गरिने व्यवस्था गरिएको पनि पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया