काठमाडौँ । मिराज ढुङ्गानाको नेतृत्वमा माइतीघरमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जेनजी समूहको आयोजनामा भएको उक्त प्रदर्शनका क्रममा निकोलस भुसालसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ प्रशासनले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिएको भए पनि स्थानीय प्रशासनको आदेश अवज्ञा गर्दै प्रदर्शन गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार अनुमति नलिई प्रदर्शन गरेपछि नियन्त्रणमा लिने क्रममा हस्तक्षेप गर्नुपरेको हो । जेनजी समूहले भने आज देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ । प्रहरीले अवस्था नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
७ पुस २०८२, सोमबार ०१:५५ मा प्रकाशित