भुटानी प्रधानमन्त्रीले दिए बालेन र रविलाई विशेष बधाई

nepaltext.com

काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले फागुन २१ गते सम्पन्न निर्वाचनमा भारी मतका साथ विजयी भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली जनताको समेत प्रशंसा गरेका छन्।

प्रधानमन्त्री तोब्गेले आफ्नो सन्देशमा लेखेका छन्, ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,’ उनले थपेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’

भुटानी प्रधानमन्त्रीले आगामी दिनमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न आफू उत्सुक रहेको समेत बताएका छन्। नेपाल र भुटानबीचको सम्बन्धलाई थप बलियो बनाउने चाहना व्यक्त गर्दै उनले लेखेका छन्, ‘हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु ।’ रास्वपाले समानुपातिकतर्फ ऐतिहासिक मत प्राप्त गरिरहेका बेला छिमेकी मुलुकका सरकार प्रमुखबाट यस्तो शुभकामना आएको हो।

प्रतिक्रिया