काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेन्जी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले युवा पुस्तासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिरहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकास लगायतका विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।
अन्तरक्रियामार्फत युवा पुस्ताका प्रतिनिधिका सुझाव, अपेक्षा र प्राथमिकताबारे छलफल गर्ने उद्देश्य राखिएको सचिवालयले जनाएको छ।
२ असोज २०८३, शुक्रबार १२:५२ मा प्रकाशित