नामसालिङ सामुदायिक विकास केन्द्र इलामले दोलखाको कालिञ्चोक गाउँपालिकाका तीन वटा वडाका ७० जना कृषकलाई प्लास्टिक टनेल वितरण गरेको छ ।
नामसालिङले कालिञ्चोककै स्थानीय साझेदार संस्था कालिञ्चोक एकिकृत सामुदायिक विकास केन्द्र मार्फत वडा नम्बर १, ५ र ६ का कृषकलाई मौसमी तथा बेमौसमी तरकारी तथा नगदेबाली उत्पादन गर्न प्लास्टिक टनेल वितरण गरेको हो । संस्थाकी कृषी प्राविधिक अस्मिता बस्नेतका अनुसार वडा नम्बर १ का ५५ जना कृषक र वडा नम्बर ५ र ६ का १५ जना कृषकलाई प्लास्टिक टनेल वितरण गरिएको हो । प्लास्टिक टनेल प्राप्त गरेपछि किशानहरुले अहिले मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन गरि आफै उपभोग तथा कतिपयले विक्रि वितरण समेत गर्ने गरेका छन् । कालिञ्चोक १ का वडाअध्यक्ष पदम बहादुर थामीले नामसालीङको सहयोगले ग्रामिण विकासमा निकै ठुलो टेवा पुगेको बताएका छन् । नेपाल टेक्स्ट सँगको संवादमा वडाअध्यक्ष थामीले लामो समयदेखि कालिञ्चोकको विकासमा संस्थाले महत्वपुर्ण काम गरेको बताउदै स्थानीय सरकार र नामसालिङ को हातेमालोले दर्जनौं कामहरु सम्पन्न भएको र जसका कारण स्थानीयबासीन्दाले निकै सहजताको महसुस गरिरहेका छन् ।
नर्वे विकास कोष लगाएतका दातृ निकायहरुको सहयोगले ग्रामिण क्षेत्रको एकिकृत सामुदायिक विकास , महिला शसक्तिकरण, शिक्षा , स्वास्थ्य लगाएतको क्षेत्रमा काम गरिरहेको नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाका जिल्ला संयोजक राजन क्षेत्रीले बताएका छन् ।