पार्टी प्रवेश गरेलगत्तै दुलाललाई नेकपामा केन्द्रिय सदस्यको भुमिका

nepaltext.com

नेपाली कम्युनिस्ट पार्टी नेकपाले मंगलबार मात्र पार्टी प्रवेश गरेका नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव भरतप्रसाद दुलाललाई केन्द्रीय सदस्य बनाएको छ ।

एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनि यस अघि नेकपा एमाले दोलखाको दुई कार्यकाल पार्टी सचिब र २०७४ को स्थानीय तह निर्वाचनमा शैलुङ गाउँपालिका अध्यक्ष निर्वाचित भइ कार्य सम्पादन गरिसकेका नेता हुन् । 

प्रतिक्रिया