काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको ज्यान गएको छ भने ९० जना घाइते भएका छन्।
आइतबार दिउँसो नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार ललितपुर, काठमाडौं, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, कैलाली र रुपन्देहीमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमध्ये कोशी प्रदेशमा ९, मधेशमा १३, काठमाडौं उपत्यकामा १०, बागमतीमा ६, गण्डकीमा १, लुम्बिनीमा १३, कर्णालीमा २ र सुदूरपश्चिममा १७ जना रहेका छन्। दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
१७ साउन २०८३, आईतबार ०२:४० मा प्रकाशित