भनेबमोजिमको कानुन बनाउँन मैले सहयोग गर्न नसक्दा रिसाएर सरकारबाट बाहिरिएको हो महाविर पुनः प्रधानमन्त्री कार्की

nepaltext.com

१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर बाहिरिएको खुलासा गरेकी छन्। सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले पुनले केही कानुन निर्माण गर्न आग्रह गरेको तर छोटो समयका कारण ती कानुन बनाउन नसक्दा उनी असन्तुष्ट भएर सरकारबाट बाहिरिएको बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘जहाँसम्म पुनजी (महाविर पुन) को कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो। दुई चार कानुन बनाउन भन्नुभएको थियो। ती कानुन राम्रै थियो,’ भन्दै थपिन्, ‘तर हामीले छाटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं। अनेक परिस्थिति हुन्छ। सबै कुरा हुँदैन।’ उनले यस्ता विषयलाई व्यक्तिको अधिकारको रूपमा लिनुपर्ने भन्दै असहमति र असन्तुष्टि लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा भएको उल्लेख गरिन्। यसैबीच महावीर पुनले शिक्षामन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएको जानकारी पनि प्रधानमन्त्री कार्कीले सदनलाई गराइन्।

प्रतिक्रिया