दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

nepaltext

काठमाडौं । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

आइतबार राति पक्राउ परेका प्रसाईंलाई प्रहरीले साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन आरोपमा अनुसन्धानका लागि सात दिनको म्याद माग्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो।

तर अदालतले म्याद थप गर्न अस्वीकार गर्दै उनलाई म्याद नथपी रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै प्रहरीले प्रसाईंको रिहाइ प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया