विशेष महाधिवेशनमार्फत संगठनात्मक पुनर्गठन गर्न नेपाली कांग्रेस भिमेश्वर नगर समितिको माग

nepaltext.com

दोलखा । नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमितिले पार्टी नेतृत्वसँग विशेष महाधिवेशनमार्फत संगठनात्मक पुनर्गठन गर्न आग्रह गरेको छ। नगर समितिले भन्यो कि देशको वर्तमान परिस्थितिअनुसार पार्टीले लोकतान्त्रिक मूल्य र जनताको अपेक्षासँग मेल खाने गरी संगठन सुदृढ गर्न आवश्यक छ। यसरी पुनर्गठन गर्दा पार्टीमा जनताको विश्वास कायम रहन सक्ने विश्वास समितिको छ। कांग्रेस भीमेश्वर नगर समिति सभापति शंकर कार्की र नगर सचिब रुद्रजंग बुढाथोकीले संयुक्त हस्ताक्षर गर्दै सार्वजनिक गरिएको विज्ञप्तीमा यो विषम परिस्थितिमा पार्टी पुर्नगठन नगर्ने हो भने युवाहरुको आकर्शण कांग्रेसमा नहुने र पार्टीमा जनविस्वास पुरै गुम्ने खतरा रहेको उल्लेख छ । 

हेर्नुहोस यस्तो छ विज्ञप्ती 


प्रतिक्रिया