कांग्रेस संसदीय दलको नेता चयन चैत २४ गते

nepaltext

काठमाडौं - नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो। 

बैठकले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन्।

प्रतिक्रिया