सरकारी कागजात किर्ते गरेको आरोपमा नेपालगन्जका वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

nepaltext

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएको र नक्कली करारनामा तयार गरी प्रमाण सिर्जना गरेको आरोपमा नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर, नेपालगन्ज–२० का रविन्द्र लामिछाने र उदयपुरका विकासकुमार चापागाईविरुद्ध आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार उनीहरूले ७० लाख रुपैयाँको जग्गा कारोबार पुष्टि गर्ने उद्देश्यले नक्कली करारनामा तयार गरी वडा कार्यालयको लिखत प्रमाणित दर्ता किताबमा हेरफेर गरेका थिए।

सरकारी छाप दुरुपयोग गरी गलत विवरणसहितका कागजात तयार गरेको भन्दै अख्तियारले वडाध्यक्ष र वडा सचिवमाथि भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गरेको छ। अन्य दुई जनालाई मतियारको आरोप लगाउँदै मुख्य कसुरदारसरह सजायको माग गरिएको छ।

प्रतिक्रिया