मधेशका सांसदसँग गृहमन्त्री र उद्योगमन्त्रीको छलफल

nepaltext

काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले मधेश प्रदेशका सांसदहरूसँग छलफल सुरु गरेका छन्।

गृह मन्त्रालयमा भइरहेको छलफलमा उद्योगमन्त्री गौरी यादव पनि सहभागी छन्। छलफलमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूको उपस्थिति रहेको उद्योगमन्त्री यादवको सचिवालयले जनाएको छ।

मधेश प्रदेशमा पछिल्लो समय भएका घटनाक्रम, शान्ति–सुरक्षा तथा समसामयिक विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

प्रतिक्रिया