काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्य डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुट दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
२५ साउन २०८३, सोमबार ०७:३४ मा प्रकाशित