झापामा जापानिज इन्सेफ्लाइटिसबाट६ जनाको मृत्यु

nepaltext

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणका कारण मृत्यु भएपछि जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार ती महिलाको गत साता मृत्यु भएको थियो । पछिल्लो घटनासँगै झापामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन् ।

जेई सङ्क्रमणको जोखिम बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न स्थानमा परीक्षणको दायरा बढाएको छ । साथै, स्वास्थ्य अवस्थाको अनुगमन तथा आवश्यक निगरानीका लागि स्वास्थ्यकर्मीको टोलीलाई निरन्तर परिचालन गरिएको निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया