राप्रपा उम्मेदवार नेपाललाई प्रहरीको साइबर विभागमा उपस्थित हुन निर्देशन

nepaltext.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल)लाई प्रहरीले केन्द्रीय साइबर ब्युरोमा उपस्थित हुन बोलाएको छ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थलीका अनुसार नेपाललाई सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्तिहरूबारे केही बुझ्नका लागि बोलाइएको हो।

‘हामीले हिजै टेलिफोन गरेर उपस्थित हुन भनेका छौं, तर उहाँ अहिलेसम्म आउनुभएको छैन,’ एसपी अवस्थलीले बताए। प्रहरीले हालसम्म यसबारे कसले उजुरी दिएको हो वा कुन विषयमा छ भन्ने जानकारी सार्वजनिक गरेको छैन। नेपालले ५ माघमा राप्रपा प्रवेश गरेका थिए र झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया