१ पुस, काठमाडौं। काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन। केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदान समय तोकेको भए पनि, त्यो समय ढिलाइ भएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो। तर साँझको समयमा पनि मतदान सुरु हुने निश्चितता देखिएको छैन।
प्राविधिक लक्ष्मण रिमालका अनुसार, ‘नाम तलमाथि परेको कारण मिलाउनु पर्यो। हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ। बिहान १० बजेसम्म कोडिङ गर्यौं। फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ। बुथ तयार छ। रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ।’
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन्। दुबै उम्मेदवार आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्।
३१ मङ्सिर २०८२, मङ्गलबार ०३:२९ मा प्रकाशित