बालेन्द्र साहले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

nepaltext.com

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सयौँ समर्थकसहित निर्वाचन कार्यालय झापा पुगेका बालेनले मंगलबार अपराह्न आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उनका प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन् । झापा–५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । यस क्षेत्रमा बालेन र ओलीबीच प्रतिस्पर्धा मुख्य आकर्षण बन्ने देखिएको छ भने अन्य उम्मेदवारहरूले पनि चुनावी तालमेल र समीकरणमा विविधता थपेका छन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेको छ भने एमालेले ओलीलाई अघि सारेको छ, जसले झापा–५ को चुनावी प्रतिस्पर्धा थप रोचक बनाएको छ ।

प्रतिक्रिया