एमालेले भन्यो– सुनसरी घटनामा भएको ४ जनाको हत्याको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ

nepaltext

काठमाडौं । नेकपा (एमाले) ले सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र न्यायिक समिति आवश्यक रहेको बताए।

उनले सुनसरी घटनामा ज्यान गुमाएका चार जनाको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।

बरालले भने, “घटनाको वास्तविक कारण पत्ता लगाएर समस्याको दिगो समाधानतर्फ अघि बढ्नुपर्छ। यही बाटो देशको हितमा हुन्छ, यसमा हठ गर्नु स्वीकार्य हुँदैन।”

प्रतिक्रिया