विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छोड्न आदेश, कम्युटर अपरेटर पुर्पक्षका लागि थुनामा

nepaltext

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

इबिडिङको सफ्टवेयरमा अनाधिकृत प्रवेश गरेर ठेक्का हत्याएको आरोपमा सीआइबीले उनलाई पक्राउ गरिएको थियो ।

पाण्डेसहित पक्राउ परेका ११ जनासँग अदालतले धरौटी मागेको हो । सो प्रकरणमा पक्राउ परेकामध्ये दिवाकार देउजालाई भने थुनामा राख्न अदालतले आदेश दिएको छ । उनी कम्युटर अपरेटर हुन् ।

सबैभन्दा बढी सञ्जल भट्टराई १० लाख धरौटी मागिएको छ ।

प्रतिक्रिया