काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्।
नेपाल प्रहरीले बिहीबार (भदौ ४) सार्वजनिक गरेको विवरणअनुसार बुधबार (भदौ ३) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका दुर्घटनामा उक्त मानवीय क्षति भएको हो।
प्रहरीका अनुसार सल्यान, दाङ र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक–एक जनाको मृत्यु भएको छ।
यस अवधिमा सबैभन्दा बढी कोशी प्रदेशमा २८ जना दुर्घटनामा घाइते भएका छन्। त्यस्तै, मधेशमा २४, काठमाडौं उपत्यकामा १६, लुम्बिनीमा १३, सुदूरपश्चिममा ८, बागमतीमा १ र गण्डकीमा १ जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्था तथा उपचारसम्बन्धी थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
४ भदौ २०८३, बिहिबार १२:०१ मा प्रकाशित