यसकारण वर्तमान मन्त्रीपरिषदमा सुरक्षा बिज्ञ आवश्यक रहेको भन्दै एक पुर्व सैनिक अधिकारी नियुक्त गर्ने तयारी

nepaltext.com

नेपाल टेक्स्ट, काठमाण्डौँ । जेन्जी आन्दोलनका कारण केपि शर्मा ओली नेतृत्वको सरकार अपतधस्त भई पुर्वप्रधानन्यायधीस शुसिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा एक जना सुरक्षा विज्ञ आबश्यक रहेको भन्दै पुर्व सैनिक अधिकारीहरुमध्ये एकजनालाई मन्त्री नियुक्त गर्न लागिएको छ । 

हाल सरकारमा सहभागी भएका मन्त्रीहरु धेरै जसो कानुन र न्यायक्षेत्रका जानकारहरुको मात्रै बाहुल्यता रहेको हुदा एक जना सुरक्षा विज्ञलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो । 

प्रधानमन्त्री नेतृत्वको सुरक्षा परिषदमा सहजीकरण लगाएत सेना परिचालन तथा अन्य सुरक्षासम्बद्द महत्त्वपूर्ण कार्यक्रमका लागि एक सुरक्षाबिज्ञको आवश्यकता रहेको भन्दै परराष्ट्रमन्त्री मा एक पुर्व सैनिक अधिकारी नियुक्त गर्न लागिएको हो । 

यस्तो हुनेछ सुरक्षा परिषद 

नेपालको संविधान २०७२ (भाग २६, धारा २६७) अनुसार

राष्ट्रिय सुरक्षा परिषद् राष्ट्रपतिले गठन गर्ने छन्।

उक्त  परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा रहने व्यवस्था छ।

यसको मुख्य कार्य भनेको राष्ट्रिय सुरक्षा नीतिहरू निर्धारण गर्ने, सशस्त्र प्रहरी बल प्रयोगबारे सिफारिस गर्ने, र समग्र राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा सरकारलाई सहयोग पुर्‍याउने हो । संविधानअनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री , रक्षामन्त्री , गृहमन्त्री , परराष्ट्रमन्त्री ,अर्थमन्त्री र प्रधानसेनापति  यी व्यक्तिहरू सदस्य हुन्छन् । त्यस्तै उक्त परिषदमा प्रधानमन्त्रीले मनोनयन गरेको अतिरिक्त एकजना मन्त्री  सदस्य र सचिवालयमा प्रधानमन्त्री कार्यालयका प्रमुख सचिव रहन्छन्।  

त्यसैले वर्तमान मन्त्रीमण्डलमा परराष्ट्रमन्त्रीका रुपमा पुर्व सैनिक अधिकारी नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री बनाउने विषयमा ३ पुर्वसैनिकको नाममा चर्चा चलिरहेको छ । त्यसमध्ये पनि पुर्व कर्णेल माधवशुन्दर खड्काको सम्भावना प्रवल रहेको अन्य सैनिक अधिकारीहरुले जनाएका छन् । 

प्रधानमन्त्री शुसिला कार्कीले सपथ खाएको भोलिपल्टै मन्त्रीमण्डल बिस्तार गर्ने भनिएपनि सबै मन्त्रीहरुको टुंगो नलागेको भन्दै ३ जना मन्त्रीहरुलाईमात्रै सपथ खुवाइएको थियो । प्रधानमन्त्री कार्की सकेसम्म सबै क्षेत्रलाई समेटेर मन्त्रीमण्डल बिस्तार गर्ने सोचका साथ अघि बढिरँहदा  परराष्ट्र मन्त्रालय भने पुर्व शैनिक उच्च अधिकारीहरुबाटै नेतृत्व छनोट गर्ने तयारीमा रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।यस अघि प्रधानमन्त्री तथा मन्त्री बनेका अधिकांस मन्त्रीहरु कानुन र न्याय क्षेत्रकै छन् । प्रधानमन्त्री शुसिला कार्की , गृहमन्त्री ओमप्रकाश अर्याल कानुन क्षेत्रका हुन् । त्यस्तै अर्थमन्त्री रामेश्वर खनाल पुर्व निजामती कर्मचारी अर्थतन्त्रका विज्ञ हुन् । त्यस्तै पुर्वकर्मचारी तथा ईलेक्ट्रिकल ईन्जिनियर कुलमान घिसिङ पनि सुरक्षा मामिलाका जानकार होइनन् । त्यसैले अन्तर्राष्ट्रिय सम्बन्ध समेत भएको  र सुरक्षा विज्ञका रुपमा पुर्व सैनिक अधिकारीलाई परराष्ट्रमन्त्री बनाउन लागिएको हो । 

यी हुन चर्चामा रहेका तीन पुर्व शैनिक अधिकारी

यसरी र परराष्ट्र मन्त्रीको चर्चा भैरहेका तीन पुर्व शैनिक अधिकारीहरु पुर्व उपप्रधान सेनापती बालानन्द शर्मा, पुर्व जर्नेल प्रेमसिंह बस्नेत र पुर्व कर्णेल माधवशुन्दर खड्का हुन् । बालानन्द शर्मालाई सुरुमै मन्त्री बनाउन जेन्जी अगुवा र अन्य सरोकारवालाहरु लगि परेका थिए । तर शर्माकी धर्मपत्नीको स्वास्थ्य अवस्था गम्भिर रहेकाले आफु तत्काल सरकारमा सहभागी नहुने बताएपछि शर्मालाई यस अघिनै मन्त्री बनाउन नसकिएको हुँदा थप दुई पुर्व शैनिक अधिकारीको चर्चा बाहिरिएको छ । बालानन्द शर्मा मन्त्री नहुने भएपछि दोस्र्रो चर्चाका पात्र बनेका हुन पुर्व जर्नेल प्रमेसिंह बस्नेत । नेपाली शेनाबाट निवृत्त भैसकेका बस्नेत विगत ४ वर्षदेखि भ्रस्टाचार विरोधी अभियानमा संलग्न छन् । भ्रस्टाचार अन्त्य गरि समुन्नत मुलुक बनाउनुपर्नेमा जोड दिदै आएका बस्नेत पछिल्लो समय राजाबादी अभियानमा पनि संलग्न रहेको खुलेको छ । जेन्जी अगुवाहरुले यहि व्यवस्थालाई थप मजबुत बनाएर अघि बढ्नुपर्ने जोड दिदै आएपछि बस्नेतको नाममा पनि सहमति हुन नसकेको एक जेन्जी अगुवाले बताए । शैनिक उच्च अधिकारीहरुमध्येबाटै चर्चामा आएका अर्का पात्र हुन पुर्व महासेनानी माधवशुन्दर खड्का । सेवानिवृत्त भएपछि देश विदेशको समेत अनुभब भएका खड्का विगत १ वर्षदेखि नेपालमा भ्रस्टाचार विरुद्धको अभियान मेघा क्याम्पिएन चलाइरहेका थिए । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा पनि आफ्ना छोरालाई खटाएर आफु पनि सँगै होमिएका पुर्व कर्णेल खड्का उल्लेखित दुई मन्त्रालयहरुको नेतृत्वका लागि उपयुक्त पात्र भएको भन्दै जेन्जी अगुवाहरु उनलाई मन्त्री बनाउन लागि परेको स्रोतले जनाएको छ । उनले मेघा क्याम्पीएनकै बखत भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सार्वजनिक निकायमा बसेका सबै मानिसहरुको छानविन गर्नुपर्ने बताउदै त्यसको सुरुवात आफैबाट गर्न समेत चेतावनी दिदै  आएका थिए । स्रोतका अनुसार उनै खड्कालाई रक्षा तथा परराष्ट्र मन्त्री बनाउने तयारीमा प्रधानमन्त्री कार्की र जेन्जी अगुवाहरु सहमति नजिक पुगेको सुचना सार्वजनिक भएको छ ।

प्रतिक्रिया