काठमाडौं । नेकपा एमालेले सरकार चुनाव सार्ने बहाना खोजिरहेको आशंका व्यक्त गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री सुशीला कार्कीको पछिल्लो अभिव्यक्तिले सरकारको नियतप्रति गम्भीर शंका उत्पन्न गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिबाट चुनाव सार्ने बहाना खोजिरहेको देखिन्छ । हामीले त पहिलादेखि नै भन्दै आएका छौँ फागुनमा चुनाव हुँदैन । त्यसैले सरकार फागुन २१ को चुनाव सार्न खोज्दैछ । मौसम र हिमपातलाई बहाना बनाउन खोजिँदै छ ।’ उपाध्यक्ष थापाले यो सरकारलाई प्रायोजित ढङ्गबाट गठन गरिएको आरोप समेत लगाए । उनका अनुसार पुराना शक्तिलाई विस्थापित गरी नयाँ शक्तिलाई स्थापित गर्ने मिसनका साथ वर्तमान सरकार गठन गरिएको हो ।
२२ माघ २०८२, बुधबार ०१:५८ मा प्रकाशित