काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सेन्ट्रल जेलबाट भागेका अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागारमा हाजिर भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका उनि असहज भएको भन्दै जेलबाट भागेका थिए । ।
साथै, सेन्ट्रल जेलमा तोडफोडका कारण उनका सम्पूर्ण सामान नष्ट भएको जानकारी उनले प्रशासनलाई दिएका छन्। जेलबाट भागेका ३३ सय कैदीमध्ये करिब एक हजार मात्रै फर्किएका छन्।
७ असोज २०८२, मङ्गलबार ०४:११ मा प्रकाशित