माथिल्लो त्रिशूली–१ आयोजनाबाट थप ११ शव फेला

nepaltext

रसुवा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्।

नेपाली सेनाका अनुसार असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट ३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा पुरिएको अवस्थामा ती शव फेला पारेको हो। उद्धार टोलीले सबै शव बाहिर निकालेको सेनाले जनाएको छ।

बाढीका कारण आयोजनास्थलबाट ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन भएका थिए। बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रतिक्रिया