दोलखामा कांग्रेस वडा अधिवेशन सुरु : पहिलो दिनमै २८ वडामा नेतृत्व चयन, बाँकीमा भोलि

nepaltext

दोलखा । नेपाली कांग्रेस दोलखाको १५औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्लाका ९ वटै स्थानीय तहका ७४ वडामा वडा अधिवेशन प्रारम्भ भएको छ। दुई दिनका लागि तय गरिएको वडा अधिवेशनअन्तर्गत आज विभिन्न वडामा अधिवेशन सम्पन्न भई नयाँ वडा नेतृत्व चयन गरिएको छ।

प्राप्त विवरणअनुसार पहिलो दिन हालसम्म २८ वटा वडामा सभापतिसहितको नेतृत्व चयन भएको छ भने वैतेश्वर गाउँपालिका–३ मा नेतृत्व चयनको प्रक्रिया जारी छ। बाँकी वडाहरूमा भोलि (४ गते) अधिवेशन हुने नेपाली कांग्रेस दोलखाले जनाएको छ।

कालिञ्चोक गाउँपालिका

कालिञ्चोकका ६ वटा वडामा वडा सभापति चयन भएका छन्।

वडा नं. १ — मकरध्वज पाख्रीन

वडा नं. ४ — बद्री पाण्डे

वडा नं. ५ — सहदेव खड्का

वडा नं. ६ — विनय थामी

वडा नं. ७ — बलराम शिवाकोटी

वडा नं. ९ — शान्त सेडाई

गाउँपालिकाका बाँकी वडामा भोलि अधिवेशन हुनेछ।

मेलुङ गाउँपालिका

मेलुङका ५ वटै वडामा नेतृत्व चयन भएको छ।

वडा नं. १ — शान्त कार्की

वडा नं. २ — सुन्दर कार्की

वडा नं. ३ — दीर्घलाल लामा

वडा नं. ४ — डम्बरबहादुर तामाङ

वडा नं. ५ — सूर्य गोपाल थापा

भीमेश्वर नगरपालिका

वडा नं. ७ — नारायण शाह

नगरपालिकाका अन्य वडामा भोलि अधिवेशन हुनेछ।

वैतेश्वर गाउँपालिका

वैतेश्वरमा ६ वटा वडामा सभापति चयन भएका छन् भने वडा नं. ३ मा चयन प्रक्रिया जारी छ।

वडा नं. १ — देवी तामाङ

वडा नं. २ — सुरेश तामाङ

वडा नं. ३ — चयन प्रक्रिया जारी

वडा नं. ४ — टंक न्यौपाने

वडा नं. ५ — नवराज घिमिरे

वडा नं. ६ — ढालबहादुर कार्की

वडा नं. ७ — हरिशचन्द्र रिमाल

तामाकोशी गाउँपालिका

वडा नं. १ — सुन्दर कार्की

वडा नं. २ — हरिशरण काफ्ले

वडा नं. ३ — चिरञ्जीवी काफ्ले

वडा नं. ६ — अर्जुनप्रसाद आपागाईँ

अन्य वडामा भोलि अधिवेशन हुनेछ।

जिरी नगरपालिका

वडा नं. १ — साङ्गे शेर्पा

वडा नं. २ — दलबहादुर कार्की

वडा नं. ३ — अशोक केसी

वडा नं. ८ — ठकेन्द्र खत्री

नगरपालिकाका बाँकी वडामा भोलि अधिवेशन हुनेछ।

गौरीशंकर गाउँपालिका

वडा नं. ५ — सुशील तामाङ

अन्य वडामा भोलि अधिवेशन हुनेछ।

बिगु गाउँपालिका

वडा नं. ६ — वेदबहादुर थामी

अन्य वडामा भोलि अधिवेशन हुनेछ।

सैलुङ गाउँपालिका

सैलुङ गाउँपालिकाका सबै वडामा भोलि (४ गते) वडा अधिवेशन हुने भएको छ।

यससँगै कांग्रेस दोलखाको वडा तहको नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ। वडा अधिवेशनपछि गाउँपालिका तथा नगरपालिकाको अधिवेशन हुँदै जिल्ला नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया