काठमाडौं । प्रहरीले सिरहामा बेवारिसे अवस्थामा झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको छ ।
सिरहा प्रहरीका अनुसार शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेको हो
उक्त गाँजा तौलेर हेर्दा २७६ किलोग्राम रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन् ।
उक्त गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३ जेठ २०८३, आईतबार ०६:११ मा प्रकाशित