काठमाडौँ। Donald Trump ले इरानसँग जारी युद्ध चाँडै समाप्त हुने संकेत दिएका छन्। White House मा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
पत्रकारहरूले “के यो हप्ता नै युद्ध समाप्त हुन सक्छ?” भन्ने प्रश्न सोध्दा ट्रम्पले “हो, बिल्कुल” भन्दै सकारात्मक संकेत दिएका थिए। तर पुनः सोधिएको प्रश्नमा उनले युद्ध यही हप्ता सकिनेमा आफू निश्चित नभए पनि धेरै समय नलाग्ने बताए।
ट्रम्पका अनुसार इरानको मिसाइल आपूर्ति ठूलो मात्रामा नष्ट भइसकेको छ र युद्ध सुरु हुनु अघिको अवस्थाको तुलनामा अहिले इरान कमजोर अवस्थामा पुगेको छ।
यसै क्रममा उनले NATO का सदस्य राष्ट्र तथा United Kingdom प्रति आलोचना गर्दै युद्धका क्रममा अमेरिकालाई सहयोग गर्न उनीहरू हिचकिचाइरहेको आरोप लगाए।
यद्यपि केही देशहरूले Strait of Hormuz को सुरक्षासम्बन्धी अमेरिकी योजनामा सहयोग गर्न सकारात्मक संकेत दिएको उनले दाबी गरे। यद्यपि उनले ती देशहरूको नाम भने खुलाएनन्। साथै South Korea र China जस्ता राष्ट्रहरूले पनि अमेरिकालाई सहयोग गर्नुपर्ने उनले बताएका छन्।