कांग्रेस विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधि दर्ता, गणपूरक संख्या पुगेको दाबी

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा हालसम्म ५१ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी आयोजक पक्षले गरेका छन्। महाधिवेशन प्रचार प्रसार समितिका प्रमुख सुवास पोखरेलले महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत गणपूरक संख्या पुगिसकेको जानकारी दिएका हुन्। उनले अझै पनि प्रतिनिधिहरू आउने क्रम जारी रहेकाले यकिन संख्याबारे अहिले नै ठोस रूपमा भन्न नसकिने बताए। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने वैधानिक व्यवस्था रहेकाले यस प्रक्रियाका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने उनले स्पष्ट पारे। उनका अनुसार विशेष महाधिवेशन एक दिन लम्बिन सक्ने अवस्था रहेको छ भने नेतृत्व चयनको प्रक्रिया सुरु भएमा कार्यक्रम एक–दुई दिन थप लम्बिन सक्ने सम्भावना पनि रहेको छ।

प्रतिक्रिया