‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, १६ वर्षमाथिकाले मात्र हेर्न पाउने

nepaltext

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ।

भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको मल्टिप्लेक्सहरूमा रिलिजको तीन दिनअघि नै टिकट बुकिङ खुलाइएको हो।

केन्द्रीय चलचित्र जाँच समितिले ‘मास्टर्नी’लाई ‘ए’ श्रेणीमा वर्गीकरण गर्दै प्रदर्शनका लागि अनुमति दिएको छ। यससँगै चलचित्र १६ वर्ष उमेर पूरा गरेका दर्शकले मात्रै हेर्न पाउने भएका छन्।

सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा प्रियंका कार्कीसँगै सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय छ।

आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको चलचित्रको कथा प्रियंका कार्की स्वयंले लेखेकी हुन्। यसको पटकथा शान बस्नेतले तयार पारेका छन् भने संवादमा प्रियंका र शानले सहकार्य गरेका छन्।

प्रतिक्रिया