आइएमई लाइफको ८औं वार्षिकोत्सव : कर्मचारीबीच रोचक फुटसल प्रतियोगिता सम्पन्न

nepaltext.com

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न गरेको छ।

“स्वास्थ्य, एकता र ऊर्जा” भन्ने नाराका साथ भएको उक्त प्रतियोगितामा विभिन्न विभाग र शाखाका कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कम्पनीका अनुसार प्रतियोगिताको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा थप्नु रहेको हो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र शीर्ष गोलकर्तालाई पुरस्कार प्रदान गरिएको थियो।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले खेलकुदले मनोरञ्जनसँगै टिम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबुत बनाउने बताए।

प्रतिक्रिया