प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

nepaltext

काठमाडौं। प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको विषय प्रस्तुत गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर र नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई रहेका छन् ।

नेता आङ्देम्बेले तत्काल गर्नुपर्ने कामको साझा कार्ययोजना तयार पारी कार्यान्वयन सुरु गर्न उक्त प्रस्ताव ल्याइएको बताए । उनले सभामुखमार्फत सरकारलाई सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्न माग गरे ।

सरकारले प्रत्येक १५ दिनमा प्रगति विवरण समितिमा पेस गर्नुपर्ने र र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया