काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले बैठक दिउँसो ४ बजेका लागि बोलाएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। बैठकले आवश्यक निर्णयसमेत गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
३१ भदौ २०८३, बुधबार ०९:४१ मा प्रकाशित