काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख १०० रुपैयाँ र चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
३१ भदौ २०८३, बुधबार ११:०४ मा प्रकाशित