रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

nepaltext

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायत विषयमा छलफल हुने बताइएको छ । साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रिय महत्वका विभिन्न विषयमा समेत छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया