काठमाडौँ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले आजैदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी राष्ट्रपति कार्यालयमार्फत सार्वजनिक गरिएको हो । रामचन्द्र पौडेल समक्ष उनले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् ।
३२ बैशाख २०८३, शुक्रबार ०२:३५ मा प्रकाशित