८ पुस, काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार लेखकलाई आज मंगलबार पत्र काटिएको हो ।
अध्यक्ष कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने बयानका लागि पत्र नपठाइएको स्पष्ट पारे । आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तथ्य संकलन र जिम्मेवारी निर्धारणका लागि आवश्यक व्यक्तिहरूसँग बयान लिने प्रक्रिया अघि बढाएको बताइएको छ ।
८ पुस २०८२, मङ्गलबार ०३:३४ मा प्रकाशित