एनपिएल अपडेट: विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै

nepaltext.com

२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन्।

विराटनगरले खेलका लागि दुई परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशी बाहिरिँदा सुवास भण्डारी र शंकर राना टोलीमा आएका छन्। लुम्बिनी लायन्सले बुधबारको खेलसँगै कुनै परिवर्तन गरेको छैन।

प्रतिक्रिया