कांग्रेसले सुरुगरे उम्मेद्वारी चयन, प्यूठानमा डा. गोविन्दराज पोखरेल, सल्यानमा केशबहादुर विष्टको उम्मेदवारी पक्का

nepaltext.com

काठमाडौं। नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याउन सुरु गरेको छ। सभापति गगन थापाले धमाधम उम्मेदवार टुङ्गो लगाउन थालेका छन्। प्यूठानबाट डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाइएको छ। उनी अर्थशास्त्री समेत हुन् र योजना आयोगका पूर्वउपाध्यक्ष पनि रहिसकेका छन्। डा. पोखरेल नेता शेखर कोइरालासँग निकट मानिन्छन्। यस्तै, सल्यानमा जिल्ला सभापति केशबहादुर विष्टलाई उम्मेदवार बनाइएको छ। सभापति थापाले उम्मेदवार सहमतिमा टुङ्ग्याउन देउवा पक्षसँग पनि संवाद गरिरहेका छन्।

प्रतिक्रिया