काँग्रेस विशेष महाधिवेशनः नेतृत्व परिवर्तनको पक्षमा प्रतिनिधि

nepaltext.com

काठमाण्डौ, पुष २७ । आजदेखि सुरु भएको नेपाली काँग्रेसको विशेष महाधिवेशनमा देशभरीबाट प्रतिनिधिहरु उपस्थिति बढ्दै गएको छ । विशेष महाधिवेशनस्थल काठमाण्डौको भृकुटीमण्डपमा प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति छ । 

विहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुको दर्ता सुरु भएको महाधिवशेन आयोजक समितिले जनाएको छ । महाविधेशनस्थलमा आइपुगेका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको नेतृत्व परिवर्तनमा जोड दिएका छन । अधिकाशं प्रतिनिधिहरुले पार्टीको नेतृृत्व परिवर्तन गरेर अगाडी बढ्नु पर्ने धारणा राखेका छन । काँग्रेस अब शेरबहादुर देउवाकै नेतृत्वमा अगाडी बढ्न नसक्ने प्रतिनिधिहरुको भनाई छ ।

ताप्लेजुङबाट विशेष महाधिवशेनमा सहभागि हुन आउनु भएको महाधिवेशन प्रतिनिधि तिलप्रसाद सुब्बा काँग्रेसलाई रुपान्तरण गरी आम नागरिककोबीचमा जान पुस्तान्तरण गर्न पनि विशेष महाधिवेशनमा सहभागि भएको बताउनु भयो ।

त्यस्तै दैलेखबाट सहभागि महाधिवेशन प्रतिनिधि सुर्य बि.कले काँग्रेसको नेतृत्व अब गगन थापालाई दिनु पर्ने भन्दै विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेर जनताको भरोषा जित्नु पर्ने बताउनु भयो ।

दुर्घट्नामा परि घाइते अवस्थामा पनि महाधिवेशनमा सहभागि हुन काठमाण्डौ आइपुग्नु भएका झापा क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि खड्गबहादुर धिमालले काँग्रेसको नेतृत्व परिवर्तन नगरी जनतामा जानै नसकिने अवस्था रहेको बताउनु भयो । वहाँले विशेष महाधिवेशनले नितिमात्रै होईन नेतृत्व नै परिवर्तन गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया