एमालेको महाधिवेशन: उद्घाटन सल्लाघारी, बन्दसत्र भृकुटीमण्डपमा

nepaltext.com

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थल भक्तपुर सल्लाघारी तय गरेको छ। बागमती इञ्चार्ज राजन भट्टराईका अनुसार उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा हुनेछ भने बन्दसत्र भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुनेछ।

एमालेले उद्घाटन स्थल परिवर्तनको निर्णय काठमाडौंमा सवारी चाप र मानिसहरूको आवतजावतलाई ध्यानमा राखेर गरेको हो। यसअघि खुलामञ्च वा भृकुटीमण्डपमै उद्घाटन गर्ने बारेमा छलफल चलिरहेको थियो।

आज बसेको महाधिवेशन सचिवालयको बैठकले यस निर्णयलाई अन्तिम रूप दिएको छ। महाधिवेशन मंसिर २७, २८ र २९ गते हुँदैछ र यसमा नेतृत्व चयनसँग सम्बन्धित निर्णयहरू प्रमुख रूपमा गरिने अपेक्षा गरिएको छ। एमालेले गत भदौ २०–२२ गतेसम्म विधान महाधिवेशन गरी आफ्नो नीति र तयारी तय गरेको थियो। अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा धेरै छलफल नहुने बताएका छन्।

प्रतिक्रिया