५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

nepaltext

काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय बासिन्दाले आफ्नै नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ जग्गा दर्ता कायम भएकोमा शुक्रबार २७१ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो।

दशकौँदेखि आफ्नै जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने दस्तावेजको प्रतीक्षामा रहेका स्थानीयका लागि लालपुर्जा वितरणलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

लालपुर्जा प्राप्त भएसँगै जग्गाको कानुनी स्वामित्व सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार, धितो राख्ने प्रक्रिया तथा अन्य सरकारी तथा प्रशासनिक सेवा लिन सहज हुने विश्वास गरिएको छ।

५८ वर्षको लामो प्रतीक्षापछि आफ्नै नाममा लालपुर्जा हात पार्न पाएको भन्दै स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया