मेरो सरकार हुदाँ देशलाई भ्रष्टाचारमुक्त बनाउन योजनाबद्ध काम भइरहेको थियो: ओली

nepaltext.com

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले देशलाई भ्रष्टाचारमुक्त बनाउन योजनाबद्ध रूपमा काम अघि बढाएको स्मरण गराएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने कि चुनौतीका बीचमा पनि काम अघि बढाउँदा अप्रत्याशित परिस्थिति आएको छ।

उनले जोड दिए, ‘हामीले देशलाई जोगाएर ल्याएका छौँ। सबैलाई थाहा छ एमालेको दृष्टिकोण र अडान स्पष्ट छ। यो निरन्तर जारी रहन्छ। राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा।’ ओलीले वर्तमानमा देशलाई जात, भूगोल र भाषाभाषामा फुटाउने प्रयास भइरहेको पनि बताएका छन्।

प्रतिक्रिया