एनपिएल अपडेट: विराटनगर किंग्स १३५ रनमै रोकियो, जनकपुरलाई सरल लक्ष्य

nepaltext.com

८ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सका बलरहरूको धारिलो प्रदर्शनपछि नेपाल प्रिमियर लिगमा अहिले जारी खेलमा विराटनगर किंग्स १३५ रनमै थामिन पुगेको छ। लगातार दुई खेल जितेर आत्मविश्वासमा रहेको विराटनगरले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रनको लक्ष्य दिएको हो। शुभम रन्जाको ३८ रनको पारीसँगै बसिर अहमदले ३५ तथा लोकेश बमले २८ रन जोडेका थिए। जनकपुरले १६ ओभरसम्म स्पिनमै निर्भर रहने रणनीति अपनाएको थियो।

जनकपुरका बलरमध्ये रुपशे सिंह सबैभन्दा किफायती बने, उनले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट हात पारे। त्यस्तै संगिथ कुरले पनि ४ ओभरमा २६ रन दिएर २ विकेट निकाल्दा आदित्य माहताले १ विकेट लिए।

प्रतिक्रिया