टी–२० विश्वकपमा आज नेपाल–वेस्ट इन्डिज भिडन्त, नेपाल पहिले ब्याटिङमा

nepaltext.com

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियम मा केहीबेरमै सुरु हुने यस खेलमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ। टस हारेसँगै नेपालले सुरुवाती इनिङ्स सम्हाल्ने जिम्मेवारी पाएको हो। टोली संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै अनुभवी अलराउन्डर सोमपाल कामी पुनः प्लेइङ–११ मा फर्किएका छन् भने स्पिनर ललित राजवंशी यस खेलका लागि बेन्चमा राखिएका छन्। विश्वकपको प्रतिस्पर्धात्मक चरणमा प्रवेश गरिरहेको नेपालका लागि यो खेल प्रतिष्ठा र सम्भावनाको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया